जाजरकोट नलगाडका विद्यार्थीलाई डा.रुपक कँडेलको न्यानो स्वीटर सहयोग

जाजरकोट
जाजरकोटका दुई वटा विद्यालयका ११४ जना विद्यार्थीलाई हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलले न्यानो कपडा सहयोग गरेका छन् ।
नलगाड नगरपालिका वडा नम्बर –३ दरास्थीत बालहित प्राथमिक विद्यालय –वडा नम्बर १, ठुलोबगरस्थीति विद्यालयका विद्यार्थीलाई डा.कँडेलले न्यानो कपडा स्वीटर दिएका हुन ।

वालवालिकासँग डा. रुपक कँडेल ।

दरास्थीत बालहित प्राथमिक विद्यालयका ५३ जना र ठुलोबगरस्थीत विद्यालयका ६१ जना विद्यार्थीलाई स्वीटर दिइएको हो ।
सामाजिक अभियन्ता समेत रहेका बीबीसीका पत्रकार प्रकाश पन्तको पहल र समाजसेवी युवा गगन रानाको सहजीकरणमा विद्यार्थीलाई स्वीटर सहयोग गरिएको हो ।

ठुलोबगरमा भएको कार्यक्रममा बीबीसी पत्रकार प्रकाश पन्त आफ्नो भनाई राख्दै ।

दुवै विद्यालयमा पुगेर सहयोगीदाता डा. कँडेलले विशेष कार्यक्रमकावीच विद्यार्थीलाई न्यानो स्वीटर हस्तान्तरण गरेका छन् । स्वीटर हस्तान्तरण गर्दै डा. कँडेलले छोराछोरीको लागि शिक्षामा बढी भन्दा बढी लगानी गर्न अभिभावकलाई सुझाव दिए ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै डा. रुपक कँडेल ।

उनले भने, तपाईहरुले अहिले छोराछोरीमाथी राम्रो लगानी गर्नु भयो भने अर्थात राम्रोसँग पढाउनु लेखाउनु भयो भने मात्रै भविस्यमा उनीहरुले पनि आफ्नो गाउँ ठाउँको विकास, उन्नति र प्रगतिमा योगदान दिन सक्छन् ।

ठुलोबगर विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै समाजसेवी ज्ञानबहादुर घर्ती ।

वालवालिकाको पढाई जग राम्रो भए उनीहरु भविस्यमा डाक्टर, इन्जिनियर, क्षमतावान कर्मचारी, असल नेता वन्न सक्ने धारण डा. कँडेलले राखे ।


एकै वचनमा सहयोग
सामाजिक अभियन्ता बीबीसीका पत्रकार प्रकाश पन्तले विद्यालय र विद्यार्थीको अवस्थावारे अवगत गराउँदा डा. कँडेलले एकै वचनमा न्यानो कपडा सहयोग गरेको बताए । उनले भने, अरुको भावनालाई बुझ्न र समस्यालाई महशुस गर्ने सक्ने सिमित व्यक्तिमा डा. कँडेल पर्नु हुन्छ ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै सामाजिक अभियन्ता बीबीसी पत्रकार प्रकाश पन्त ।

विद्यालय पोशक, कापी कलम र कितावको अभावमा कोही पनि वालवालिका पढाईबाट बञ्चित हुनुहुदैन भन्दै पत्रकार पन्तले यदि त्यस्तो अवस्था भएका वालवालिकालाई पढन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै समाजसेवी गगन राना ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख चन्द्रबहादुर बुढा र समाजसेवी युवा गगन रानाले डा. कँडेलको सहयोगले बालबालिकालाई पढ्नप्रति थप रुची पैदा गर्ने विश्वास व्यक्त गरे ।


पहलकर्ता र सहयोगीदाताप्रति आभार
स्थानीय समाजसेवी कृष्ण थापा, बीरजीत थापा, आनन्द ओली, विष्णु घर्तीलगायतले एकदमै दुर्गम र सबै सुविधाबाट टाढा रहेका विद्यालयका विद्यार्थीलाई सम्झेर न्यानो कपडा सहयोग गरेकोमा डा. कँडेललाई हृदयदेखि नै आभार व्यक्त गरेका थिए ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै पूर्व क्याम्पस प्रमुख चन्द्रबहादुर बुढा ।

विद्यालय परिवारको तर्फबाट शिक्षक कमल ओलीले जाडो याममा आफ्नो विद्यालयका बालवालिकालाई सम्झेर न्यानो कपडा स्वीटर सहयोग गरेकोमा पहलकर्ता र सहयोगीदाता दुवैप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन् ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै समाजसेवी आनन्द ओली ।

सुरखाली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर डाँगीको सभापतित्वमा भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यापक निर्मला घर्ती रोकाय, लक्ष्मी डाँगीलगायतले अतिथीहरुलाई फुलमाला र अविरले स्वागत गरेका थिए ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै समाजसेवी कृष्ण थापा ।

वालवालिकको पढाईलाई प्राथमिकता दिन आग्रह डा. कँडेलको सुझाव
यस्तै ठुलो बगरका अभिभावकहरुलाई पनि डा. कँडेलले आफ्ना वालवालिकको पढाईलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै समाजसेवी बीरजीत थापा ।

उक्त कार्यक्रममा बीबीसीका पत्रकार प्रकाश पन्त, समाजसेवी गगन राना, पूर्व क्याम्पस प्रमुख चन्द्रबहादुर बुढा, स्थानीय समाजसेवी परिमल राना, ज्ञानबहादुर घर्ती, बीरबहादुर पुन, धर्मराज राना,  कमल पुन, नवीन पुनलगायतले डा. कँडेलको सहयोगप्रति आभार व्यक्त गदै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।


उनीहरुले आगामी दिनमा पनि डा.कँडेलले नलगाडका विद्यालय र विद्यार्थीलाई थप सहयोग गर्ने अपेक्षा पनि राखेका छन् । स्वीटर पाएपछि वालवालिका र उनीहरुका अभिभावकहरु अनुहारमा खुशी झल्किएको थियो ।

सुरखाली विद्यालयमा भएको कार्यक्रमा आफ्नो भनाई राख्दै विद्यालयका शिक्षक कमल ओली ।

सुर्खेतबाट आफैले गाडी हाँकेर अन्तन्तै जोखिमपूर्णबाट तय गदै डा. कँडेलसँगै दुर्गम विद्यालय भएका ठाउँमा पुगेका थिए । उनको साथमा पत्रकार पन्त र समाजसेवी राना पनि सुर्खेतबाटै नलगाड पुगेका थिए ।

ठुलोबगर विद्यालयका बालबालिकासँग डा. रुपक कँडेल ।

प्रकाशित मितिः १८ पुष २०७९, सोमबार ०७:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *