सुर्खेत
सुर्खेत एसओएस हर्मन माइनर विद्यालयमा तीन दिने खेलकुद महोत्सव सुरु गरेको छ ।
महोत्सवको उद्घाटन गर्दै एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरे विद्यार्थी जीवनमा खेलकुदको बढो महत्व रहेको उल्लेख गर्दै विद्यालयमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरु पनि आवश्यक रहेको बताए ।
खेलकुदले पढाईसँगै सामूहिक भावना र अनुशासनको पनि विकास गराउँछ, उनले भने, विद्यालयस्तरीय खेलकुदबाट जिल्ला, प्रदेश र राष्ट्रिय प्रतिभाको पहिचान हुन्छ ।
खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले विद्यार्थीलाई खेलकुदका माध्यमबाट पहिचान बनाउन सकिने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य हरिहर बस्नेतले विद्यालयले खेलकुद कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । पत्रकार महासंघका अध्यक्ष ललित बसेलले पढाईसँगै खेलकुदलाई सँगसँगै लैजान सुझाव दिए ।