बारेकोट गाउँपालिकामा पालिकास्तरीय रास्ट्रपति रनिङ शिल्ड

टुकमाया घर्ती
जाजरकोट
बारेकोट गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेबाट सुरु भएको भएर ३ दिनसम्म चलेको प्रतियोगीतामा बारेकोट ६ कार्कीज्युला रहेको सीता मावि प्रथम भएको छ ।


सीता माविले ५ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको बताएको छ । बारेकोट ७ गराग्लिचौर रहेको दितिय स्थानमा सीता मावि दितीय भएको छ ।
उक्त विद्यालयले ५ स्वर्ण, २ रजत र ५ कास्य पदक हासिल गरेको छ ।


बारेकोट १, रामिडाडामा रहेको कालिका आदर्श मावि ४ स्वर्ण, ८ रजत र ४ कास्यसहित तृतीय स्थान प्राप्त गर्न सफल भएको छ । सरस्वती माबि सिलिङ्गिचौर ४ स्वर्ण, ३ रजत र २ कास्यसहित चौथो स्थान ओगटेको छ।


८ वटा विद्यालयरुको सहभागी रहेको प्रतियोगीतामा १३ वटा खेलहरु खेलाइएको बारकोट गाउपालिकाका अध्यक्ष वीर बहादुर गिरीले बताए ।
बारेकोट गाउँपालिकाले आयोगना गरेको प्रतियोगीताको सह आयोजक भने बिरेन्द्र ऐश्वय मावि लिम्सा रहेको थियो ।

प्रकाशित मितिः १९ माघ २०७९, बिहीबार ०७:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *