सुर्खेत
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले कर्णाली प्रदेशमै पहिलो पटक अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेको छ ।
२३ औँ अभिभावक दिवसको अवसरमा गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडाका १, ४ र ५ का सरकारी र नीजि विद्यालयका अभिभावकहरु सहभागी थिए ।
कार्यक्रममा अन्तराष्टिय प्रशिक्षक नरबहादुर कार्कीले अभिभावकले छोराछोरीप्रति गर्नु पर्ने व्यवहार र खेल्नु पर्ने भुमिका बारे चर्चा गर्दै अभिभावकले वालबालिकालाई आफ्नो भन्दा पनि उनीहरुकै रुची, क्षमता, इच्छा र आकाक्षा अनुसार चल्न दिनु पर्ने बताए ।
सामाजिक अभियन्ता डा. नवराज केसीले वाल मनोविज्ञान र अभिभावकिय भुमिकामाथी चर्चा गर्दै वालमानेविज्ञान वुझेर अघि वढ्न सुझाव दिए ।
यस्तै नगर शिक्षा प्रमुख धिरेन्द्र शर्माले समाग्र शैक्षिक अवस्थाको सम्वन्धमा प्रशिक्षण दिएका थिए ।
अभिभावक दिवसका प्रमुख अतिथी प्रदेश सभा सदस्य यामलाल कँडेलले अब एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले कर्णाली प्रदेशकै शिक्षालाई दिशानिर्देशक गर्नु पर्ने बताए ।
समाजसेवी नारायण कोइरालाले विद्यालयले सक्षम र क्षमतावान विद्यार्थी उत्पादन गर्ने विस्वास व्यक्तल गरे ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका एसओएस वालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले विद्यालयको उन्नति र प्रगतिमा सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिहर बस्नेतले विद्यालयको सामग्र शैक्षिक गतिविधी, प्राप्त उपलव्धी र भावि योजनाबारे अवगत गराउँदै विद्यालयलाई अझ उत्कृष्ट बनाउन आफु र आफ्नो टिमले अझ धेरै मिहिनेत गर्ने विस्वास दिलाए ।
कार्यक्रममा विद्यालयले आयोजना गरेको खेलकुल प्रतियोगीतामा विभिन्न स्थान ल्याउने विद्यार्थी र समुहलाई शिल्ड, नगदसहितका पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका करिव पाँच सय जना अभिभावकहरु सहभागी कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका नृत्यहरु प्रर्दशन गरेका थिए ।
अभिभावक शिक्षा कार्यक्रमको लागि सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका र कर्णाली केयर अस्पतालले सहयोग गरेका थिए । (फोटोहरु रमेश विक्रम हमाल )