उत्कृष्ट किसान र उद्यमीलाई सम्मान

जाजरकोट
जाजरकोट नलगाड नगरपालिका वडा नम्वर -४, लहँले कृषक र उद्यमी गरी पाँच जना व्यक्तिलाई सम्मान गरेको छ ।


पशुपालनतर्फ भैसीपालन र कृषिमा उत्कृष्ट लालबहादुर ओली र तप्तबहादुर ओली, काठ उद्योग, मौरी र नर्सरीमा केशब बहादुर रावल, बाख्रापालनमा शेरबहादुर रावल र सिलाई कटाई तथा साना लघु उद्यमतर्फ समृता गौतमलाई सम्मान गरिएको वडाध्यक्ष बद्री पन्तले बताए ।


बर्षौदेखि कृषि व्यवसायमा संलग्र्नै हुँदै आएका किसानको हौसल वढाउन र अरु किसानलाई पनि प्रेरणा दिन उत्कृष्ट किसानलाई सम्मान गरिएको पनि उनले बताए ।


सम्मानति हुने पाँचै जना व्यक्तिहरु नगरकै मिहिनेती र पौरखी किसान पनि हुन । उनीहरुलाई संघिय सासद मौना रावल, प्रदेश सभा सासद वेदराज सिंहलगायतले सम्मान दिएका थिए ।

प्रकाशित मितिः १३ फाल्गुन २०७९, शनिबार ०६:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *