टुकमाया घर्ती
जाजरकोट सुवास सुनार ३ वर्षका भए । आफुसगैका साथीहरु भ्ने खेल्छन् । बोली बोल्छन् । तर उनी भने न बोल्छन् न खेल्नेछ नै सक्छन् ।
भेरी नगरपालिका ३ स्यालाका शिखा सुनार र रविन सुनार पहिलो सन्तान सुवास कुपोषित छन् ।
आमा शिखाका बच्चा विक्लाङग जन्मेपछि झनै समस्या थपिएको बताउँछिन् । कुपोषित वालक बिरामी भएपछि अस्पताल भर्ना भएका हुन् ।
उपचारको लागि आउने कुपोषित बालबालिकाको सख्या बढ्दै गएको अस्पतालले जनाएको छ । पाँच वर्ष उमेर समुह भित्र गतवर्षको तथ्यांक २८ जना बालबालिकाका रहेकोमा यसवर्ष त्यो संख्या बढेर ३२ पुगेको छ ।
स्टाप नर्स बिष्णु शाह अस्पतालको पहुँच भन्दा बाहिर धेरै कुपोषित बालवालिका रहेका बताउँछिन् ।
गरिबी,अशिक्षा,रोग, सानै उमेरमा बिवाह, गर्भअवस्थामा पोषणयुक्त खानाको अभाव, स्वास्थ चेकजाँच नगर्नु,जन्मान्तर कमहुनु, धेरै सन्तान जन्माउनु, खानेकुराको मात्रा नमिल्दा कुपोषण हुने गरेको उनले बताइन् ।
पाचँवर्ष रमेर समुहका कुपोषित बालबालिकाहरुलाई अस्पतालबाट रुफ्ट (नट) र सर्वोत्तम पिठो दिने गरिएको छ ।
अर्की स्टाफ नर्स नेप्लिजा पुन बालबालिका स्वस्थस्फुर्त बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको भुमिका महत्वपूणर् हुने बताउँछिन् ।