टुकमाया घर्ती
जारकोटमा राष्ट्रपती रनिङसिल्डकाे तयारी पूरा भएको छ। फागुन १६ देखि १८गतेसम्म भगवती माध्यमिक विद्यालय कुदुमा खेल हुनेछ।साेमबार पत्रकार सम्मेल मार्फत यससम्बन्धी जानकारी गराइएको छ ।
जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले कार्यक्रमकाे सबै तयारी भइसकेकाे बताए । प्रतियोगितामा सातै पालिकास्तरका बिद्यालयकाे सहभागीता रहनेछ।
अध्यक्ष बस्नेतले जाजरकोटको खेल क्षेत्र सरोकारवालाहरुको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । उनले भने, जाजरकोटको खेल क्षेत्रमा खेलाडीहरुको बलियो सम्भावना भएपनि सरोकारवालाहरुले खेल र खेलाडीहरुलाई प्राथमिकतामा राखेका छैनन् ।