जरायो मारी खानेलाई २५ हजार जरिवाना

imagesराराखवर संवाददाता
सुर्खेत, १९ जेठ ।
जिल्ला वन कार्यालय सुर्खेतले उद्धार गरी छाडेको जरायो मारी खाएको आरोपमा प्रक्राउ परेका ६ जना जनही २५ हजार धरौटीमा थुना मुक्त भएका छन ।
२२ दिनसम्म वनको थुनामा रहेका उनीहरुलाई धरौटीमा छाडिएको जिल्ला वन कार्यालयले जनाएको छ । उनीहरुले गत वैसाख २४ गते वन कार्यालयले उद्धार गरी सानो सुर्खेत सामुदायिक वनमा छाडेको जरोयो मारी खाएको बताएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम उनीहरुमाथी थप अनुसन्धान अघि वढाइएको जिल्ला वन अधिकृत हेमराज विष्टले वताउनु भयो । उहाँले सजायसगै काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र रहेका जरायोहरु मारेर खाने प्रवृत्तिको अन्त्य हुने अपेक्षा वन कार्यालयले गरेको पनि वताउनु भयो । धरौटीमा थुनमुक्त हुनेमा सामुदायिक वनका अध्यक्ष रुद्रवहादुर गुरुङ्गसहित ६ जना रहेको छन ।
यता सुर्खेतको शिवशक्ति सामुदायिक वनमा २ सय ८१ वटा वासका विरुवा रोपिएको छ ।
सामुदायिक वनको पहल र जिल्ला वन कार्यालयको सहयोगमा सानो व्युरेनीमा वाँसका विरुवा रोपिएको समुदायिक वनका उपाध्यक्ष मिना आचार्यले जनकारी दिनुभयो । वाढी पहिरो नियन्त्रण गदै वन हरियाली वनाउनको लागि कटवासका रोपिएको उहाँले बताउनु भयो ।
बृक्षारोपनको उद्घाटन गदै जिल्ला वन अधिकृत हेमराज विष्टले आफनो वनको संरक्षण गर्न उपभोक्ता आफै जागरुक भएमात्र सामुदायिक वन संरक्षित हुनेमा जोड दिनुभयो । कार्यक्रमा सामुदायिक वनका अध्यक्ष लालबहादुर चौधरी सचिव कुलवहादुर खत्री, कोषाध्यक्ष हनिम वक्स लगायत उपभोक्ताको सहभागीता रहेको बताएको छ ।

प्रकाशित मितिः १९ जेष्ठ २०७३, बुधबार ०१:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *