राराखवर संवाददाता
सुर्खेत १९ जेठ ।
गाईलाई हिन्दु ग्रन्थमा लक्ष्मीको अवतार मानिन्छ । हिन्दु समाजमा गाईलाई पुण्य प्राप्तिका लागि दान गर्ने चलन छ । तर विडम्बना, आफन्तको मृत्यु हु“दा शिव–पार्वतीको प्रतीकका रुपमा छाडिएका गाई यहा“ धमाधम मर्न थालेका छन् । स्थानीयका अनुसार रानीघाटमा हालसम्म १७ वटा गाई मरिसकेका छन् । डढेलोका कारण घा“सपात जलेपछि धाममा छाडिएका गाईहरु खाना नपाएर मरेका हुन् ।
सदरमुकाम वीरेन्द्रनगर, हरिहरपुर गाविसबाट रानीघाटमा दाहसंस्कारका लागि ल्याउने गरिन्छ । घाटनजिक पवित्र विश्वेश्वर शिव मन्दिर धाम भएकाले पुण्य प्राप्तिका लागि मृतक परिवारले गौदान स्वरुप गाई यहा“ छाड्ने गर्दछन् । यहा“ हाल ६० भन्दा बढी गाई छन् । एक वृद्ध माताले ती गाईको स्याहार गरिरहेकी छिन् । डढेलोले जंगल सखाप पारेपछि धाममा छाडिएका गाईको जीवन संकटमा परेको हो । खडेरीका बेला लगाइएको डढेलो कारण नष्ट भएका घा“सपात यतिबेला बल्ल पलाउ“दैछ । ‘घा“स पलाउन समय लाग्छ । भेरीको पानी मात्र पिएर बा“च्न सक्ने कुरा भएन’ स्थानीय लोकमाया सार्कीले भनिन्, ‘गाईले खान नपाएर सुकी–सुकी मर्दा साह्रै टिठ लाग्यो । त्यति धेरै गाईलाई स्याहार गर्न पनि सकिएन ।’
शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रजित थापाले यहा“ दैनिकजसो गाई ल्याएर छाड्ने गरेको बताए । ‘गाई हेर्ने, स्याहार–सुसार गर्ने कोही छैन्’ उनले भने, जंगलमा डढेलो लागेपछि त एक÷दुई हप्तामै १७ गाई मरिसके । ८ वटा साना बाच्छा मरे ।’ डढेलो लागेपछि घा“सपात पलाउन समय लाग्ने भएकाले गाई खान नपाई मरेका हुन् ।
कान्तिपुर दैनिकवाट सभार