अवलचिङ्ग –ढाढखेत सडकमा गाडी गुड्न थाले

indexराराखवर संवाददाता
सुर्खेत, १९ जेठ ।
सुर्खेतको अवलचिङ्गदेखि ढाढखेतसम्मको सडक खण्डमा यातायात सेवा संचालन भएको छ ।
निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भएको सडक खण्डमा बुधवारदेखि पहिलो पटक यातायात सेवा संचालन भएको हो ।
यातायात सेवा संचालनको उदघाटन गदै सुर्खेत क्षेत्र न २ का सासद हृदयराम थानीले सुर्खेतको विकासको लागि प्रतिवद्ध भएर लागेको वताउनु भयो । उहाँले सुर्खेत उपत्यकाका जनताले उपभोग गरिरहेको स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत जस्ता सेवा अवलचिङ्ग क्षेत्रका जनतालाई पनि उपलव्ध निरन्तर रुपमा लागिरहेको उल्लेख गर्नुभयो । थानीले विकासको आधारभुत पूर्वाधार सडक भएकोले २ नम्वर क्षेत्रका सवै गाविसलाई जोडने रानीमत्तादेखि दशरथपुरसम्मको चक्रपथ सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विगतमा जस्तै आगामी दिनमा पनि जनताको चाहाना अनुसार विकासका गतिविधी अघि वढाउनु पर्नेमा जोड दिनुभयो । क्षेत्रीय सभापति नाराणयकुमार कोइरालालो विकास जनताको अधिकार भएकोले सवै दलले मिलेर विकासलाई अघि वढाउनु पर्ने उल्लेख गनुृभयो ।
कार्यक्रममा नेपाली काग्रेस अवलचिडका सभापति करसिह राना, एमालेका तुलसिह राना, माओवादी केन्द्रका क्षेत्र राना, लालिकाडाका सभापति खेमराज ओली लगायतले जननिर्वाचित प्रतिनिधीले जनताको भनवा अनुसार काम गरे त्यसको मुल्याडकन जनताले गर्ने बताउनु भयो । अवलचिङ्गदेखि ढाढखेतसम्म गाडी पुरयाउने गाडी चालक बलबहादुर खत्रीलाई स्थानीयले फुलमाला र अभिलगाएर स्वागत गरेका छन । कार्यक्रम सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र विकको सभापतित्वमा भएको हो ।

प्रकाशित मितिः १९ जेष्ठ २०७३, बुधबार १२:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *