जलवायु परिवर्तन र हरितसहर

indexराराखवर संवाददाता
सुर्खेत, २० जेठ ।
जलवायु परिवर्तन र हरित सहर सम्वन्धी अभिमुखीकरण कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा भेरी सामुदायिक वन उपभोक्ता समुहले गरेको अभिमुखीकरणको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला वन अधिकृत हेमराज विष्टले जलवायु परिवर्तनले वनमा पार्ने प्रभाव, जलवायु परिवर्तन न्युनिकरणका उपाय लगायतका विषयमा प्रशिक्षण दिनु भएको छ । वनको समसामयिक विषयमा जानकारी दिदै उहाँले वन संरक्षणको लािग उपभोक्ता नै सक्रिय हुनु पर्ने वताउनु भयो । जिल्ला वन अधिकृत विष्टले वनको संरक्षण र विकासको लागि वैज्ञानिक वन व्यवस्थानमा जुटनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका टीका थानीले हरित सहरको सम्वन्धमा उपभोक्तालाई जानकारी दिनु भएको छ ।अभिमुखीकरण कार्यक्रम भेरी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष सुमित्रा कोइरालाको सभापतित्वमा भएको हो ।

प्रकाशित मितिः २० जेष्ठ २०७३, बिहीबार ०१:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *