प्रधानमन्त्रीले सुर्खेतीलाई हँसाए

pm
सुर्खेत, २५ जेठ ।
प्रधानमंत्री केपी शर्मा ओलीले ६ नम्वर प्रदेशलाई झिलीमिली प्रदेश वनाउने उदघोष गर्नु भएको छ ।
यस प्रदेशमा रहेका भेरी, कर्णाली लगायतका नदि तथा खोलानालावाट बिजुली निकालेर अन्धकारलाई हटाउदै झिलीमिली प्रदेश वनाउने वताउनु भयो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको केन्द्रीय प्रशासनिकय भवनको सिलन्यास गदै उहाँले प्राकृतिक रुपमा सम्पन्न यो प्रदेशलाई पर्यटकीय गन्तव्यको केन्द्र वनाउने पनि वताउनुभयो ।
प्रशासनिक भवनको सिलन्यास विकासको संकेत भएको उल्लेख गदै प्रधानमंत्री ओलीले अव सुर्खेतको विकासले तिव्रता पाउने दावी गर्नुभयो । उहाँले काँक्रेविहार, वुलवुले लगायतका पर्यटकिय क्षेत्रको विकास गदै पर्यटक आर्कर्षित गर्नु पर्नेमा जोड दिनुभयो । काम गरेर देखाउन प्रधानमन्त्री भएको दावी गदै ओलीले सुस्त सुस्त विकास गर्न वानी परेकाहरु छिटोछिटो विकास भएको देख्दा छक्क परेको बताउनुभयो । सरकार परिवर्तनको चर्चा चलिरहेको प्रशंग कोट्याउदै प्रधानमन्त्री ओलीले स्थानीय र संसदिय निर्वाचन गराएर मात्र सरकार छाडने दावी गर्नुभयो । उहाँले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विकास र प्रगतिको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । २३ मिनेट वोल्नु भएका ओलीले वीचवीचमा दर्शकहरुलाई निकै हँसाउनु पनि भयो ।
कार्यक्रममा शिक्षामंत्री गिरीराजमणी पोखरेलले यस क्षेत्रमा उपलव्ध स्रोतसाधानको पहिचान गरी जनताका आवश्यकता परिपूर्ति गर्ने गरी विश्वविद्यालयलाई अघि वढाउनु पर्नेमा जोड दिनुभयो । परम्परागत सोच र शैलीवाट अव विश्वविद्यालय चल्न नसक्ने भन्दै शिक्षा मन्त्री पोखरेलले आफनो खुटटामा आफै उभिन सक्ने विश्वविद्यालय वनाउन सुझाव दिनुभयो ।
कार्यक्रमा पूर्व गृहमंत्री पूर्णवहादुर खड्काले सुर्खेतलाई ६ नम्वर पं्रदेशको राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारमा सहयोग गर्न प्रधानमन्त्रीलाई आगं्रह गर्नुभयो । उहाँले गुरुयोजना अनुसार सुर्खेत उपत्यकाको विकास योजना अघि वढाउनु पर्नेमा समेत जोड दिनुभयो । यस्तै पुर्व पर्यटनमंन्त्री यामलाल कँडेलले सधै सिहदरवार र वालुवाटरमा हुने विश्वविद्यालयको सिनेट अहिले सुर्खेतमै प्रधानमन्त्री तथा कुलपति आउनु निकै उपलव्धीपूर्ण भएको उल्लेख गर्नुभयो । कार्यक्रममा स्थानीय विकास राज्यमंत्री कुन्तिकुमारी शाही, सासद सिता नेपाली लगायतले विश्वविद्यालयलाई सुविधा सम्पन्न विश्वविद्यालयका वनाउनको लागि सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।
भवन सिलन्यासको अवसर पारेर प्रधानमंत्री केपी शर्मा ओलीले विश्वविद्यालय स्थापनाको लागि महत्वपूर्ण योगदान पुरयाउने व्यक्ति र संघसंसथालाई सम्मान गर्नु भएको छ । सम्मानित हुनेमा विश्वविद्यालय स्थापनाको लागि ५१ लाख भन्दा बढी चन्दा दिने चन्ददाता मोतिप्रसाद सापकोटा, विश्वविद्यालय स्थापना मुल समितिका अध्यक्ष भुषणकुमार मानन्धर, मौदगल्य सेवा समाज र सुर्खेत उद्योग बाणिज्य संघ रहेका छन । कार्यक्रममा प्रधामनमंत्री ओलीले विश्वविद्यालयको २० वर्षे रणनीतिका कार्ययाजना र शिक्षामन्त्री गिरीराजमणी पोखरेलले समग्र पाठ्यक्रम सार्वजनिक गर्नु भएको छ । कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. उपेन्द्रकुमार कोइरालाको सभापतित्वमा भएको हो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पाँचौ सभाको अध्यक्षता गर्नुको साथै मध्यपश्चिम क्षेत्रीय अस्पतालको नयाँ भवनको उदघाटन समेत गर्नु भएको छ ।

प्रकाशित मितिः २५ जेष्ठ २०७३, मंगलवार ११:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *