क्रियाशिल पत्रकारको अध्यक्षमा बुढा

13320649_984095275039431_4040223056426057933_oसुर्खेत, ३२ जेठ ।
क्रियाशिल पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा पुनः ललितबहादुर वुढा चयन भएका छन ।
मंगलवार भएको मञ्चको छैठौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले वुढालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । वुढा अन्नपूर्ण दैनिकका सुर्खेत संवादता र सुर्खेतवाट प्रकाशित हुने साझा बिसौनी पत्रिकाका सम्पादकको रुपमा कार्यरत छन ।
अधिवेसनले मञ्चको उपाध्यक्षमा ललित गाहा, सचिवमा दिपक बुढा, सह–सचिवमा सुशिल खड्का र कोषाध्यक्षमा मुना हमाल चयन गरेको छ । यस्तै कार्य समितिको सदस्यहरुमा डिलप्रसाद शर्मा, राजेन्द्रविक्रम शाही, गिता थापा र गोविन्द विश्वकर्मा रहेका छन् । गाहा सुनगाभा टिभी, वुढा राजधानी दैनिक, खड्का युगआव्हान दैनिक र हमाल पहिचान दैनिक पत्रिकामा कार्यरत छन । यस्तै शर्मा काँक्रेविहार दैनिक, शाही प्रदेश एफएम, थापा सझा विसौनी दैनिक र विश्वकर्मा जागरण एफएममा कार्यरत छन ।
अधिवेशनले सचिव दिपक बुढाको संयोजकत्वमा गोविन्द खत्री र गोविन्दप्रसाद देवकोटा रहेको ३ सदस्यीय विधान संशोधन समिति पनि गठन गरेको छ । मञ्चको सल्लाहकारमा पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती, निर्वातमान अध्यक्ष दुर्गा थापा र प्राध्यापक युवराज शर्मालाई मनोनित गरेको छ । भेलामा नव निर्वाचित अध्यक्ष वुढाले पत्रकारको पेशागत हक अधिकार र सुरक्षाको लागि निरन्त क्रियाशिल भएर लाग्ने प्रतिबद्धता जनाएका छन ।

प्रकाशित मितिः ३२ जेष्ठ २०७३, मंगलवार १२:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *