मृगको वच्चा गाउँ पसेपछि…

20160618_131950
मृगको वच्चा उद्धार गदै जिल्ला वन अधिकृत हेमराज बिष्ट ।

सुर्खेत, ४ असार ।
जिल्ला वन कार्यालय सुर्खेतले मृगको वच्चाको उद्धार गरेको छ ।
आमावाट विछटिएको रतुवाको वच्चालाई वीरेन्द्रनगर नगरपालिका १५ मा रहेको बाउन्नेचौर सामुदायिक वनवाट उद्धार गरिएको जिल्ला वन अधिकृत हेमराज बिष्टले जानकारी दिनुभयो ।
आमा हराएर गाउँ पसेको मृगको वच्चा देखेर गाउँलेले खवर गरेपछि उद्धार गरिएको उहाँले वताउनु भयो । रतुवाको वच्चालाई अहिले जिल्ला वन कार्यालयमा राखेर हेरचाह थालिएको छ । बच्चा सानो भएकोले ठुलो भएपछि जंगलमै छाडिने वन कार्यालयले वताएको छ । अहिले नै जंगलमा छोड्दा वच्चालाई स्याल, कुकुर लगायत मान्छेले पनि मार्न सक्ने वन अधिकृत बिष्टले वताउनु भयो ।
बनमा आगो लागेपछि आफनो परिवारवाट रतुवाका वच्चहरु बिछटिएको वन कार्यालयले अनुमान गरेको छ । यसरी बिछटिएको मध्ये एउटा वच्चालाई काँक्रेविहार वन पोष्ट र अर्कोलाई भैरव सामुदायिक वनमा राखेर पाल्ने हुर्काउने काम भैइरहेको पनि वन कार्यालयले जनाएको छ । ३ वटै मृगका वच्चालाई ठुलो भएपछि मात्रै जंगलमा छाडिने छ ।

प्रकाशित मितिः ४ असार २०७३, शनिबार १०:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *