सुर्खेतमा खाद्य अधिकार सम्वन्धी कार्याशाला

20160621_110508
खाद्य अधिकार सम्वन्धी जानकारी दिदै फियानका कार्यक्रम निर्देशक अशोकवहादुर सिह ।

सुर्खेत, ७ असार ।
खाद्य अधिकार सम्वन्धी तीन दिने कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।
खाद्य अधिकारको लागि काम गदै आएको मानवअधिकारवादी संस्था फियान नेपालले आयोजना गरेको कार्यशालामा ८ जिल्लाका ३० जनाको सहभागीता रहेको छ ।
छैठौ प्रदेश स्तरीय कार्याशालामा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, कालिकोट, जुम्ला र मुगुका प्रतिनिधीको सहभागीता रहेको छ ।
जल, जंगल र जमिनमा निर्भर हुदै आएका समुदायको खाद्य सुरक्षा र अधिकार सम्वन्धी कानुनी व्यवस्था, भोग चलनको अवस्था वारेमा जानकारी दिने फियानका कार्यक्रम निर्देशक आशोकबहादुर सिहले वताउनु भयो ।
फियानले बन्चितिकरणमा परेका, जोखिमा रहेका समुदायमा खाद्यको पहुँच वढाउने, उनीहरुको खाद्य सुरक्षाको वकालत गर्ने काम गदै आएको पनि उहाँले जानकारी दिनुभयो ।
फियानले मध्यपश्चिमका मुगु, जुुम्ला, सुर्खेत, दैलेख, बाँके, बर्दिया र दाङ्ग तथा सुदुरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली र कञ्चनपुरमा काम गरिरहेको छ ।
कार्यशालाको उद्घाटन गदै जिल्ला वन अधिकृत हेमराज विष्टले खाद्य सुरक्षा वढाउनको लागि सरोकारवाला निकायवीच समुन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै फियानका कार्यक्रम निर्देशक अशोकवहादुर सिहले जल, जंगल र जमिनमा निर्भर हुदै आएका नागरिकलाई आफनो अधिकारवारे सचेत गराउनु पर्ने वताउनु भयो ।

प्रकाशित मितिः ७ असार २०७३, मंगलवार १२:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *