मध्यपश्चिम यातायात व्यवसायी समितिद्वारा ६ लाख ९ हजार सहयोग

20160622_154309
विष्टकी श्रीमतिद्धोय पुष्पा र टीका विष्टलाई संयुक्त रुपमा चेक हस्तान्तरण गदै समितिका अध्यक्ष बिष्णुवहादुर खड्का ।

सुर्खेत, ८ असार ।
मध्यपश्चिम यातायात व्यवसायी समिति सुर्खेतले आफना पुर्व कर्मचारी स्वर्गीय मनबहादुर विष्टको परिवारलाई ६ लाख ९ हजार ३ सय २४ रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
वीरेन्द्रनगरमा एक कार्यक्रमका वीच समितिका अध्यक्ष विष्णुवहादुर खड्काले विष्टकी श्रीमतिद्धोय पुष्पा र टीका विष्टलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको छ ।
समितिमा आबद्ध बस व्यवसायीहरुबाट प्रतिव्यक्ति १ हजारका दरले संकलन ३ लाख ७७ हजार, यातायात समितिमा कार्यरत कर्मचारीवाट संकलन भएको २ लाख र विष्टको संञ्चय कोषमा वाकी रहेको ३२ हजार ३ सय २४ रुपैया विष्टकी श्रमिति टीका र पुष्पालाई प्रदान गरिएको हो ।
विष्टको परिवारलाई चेक हस्तान्तरण गर्दै अध्यक्ष खड्काले यायाताय समितिमा आबद्ध व्यवसायी, कर्मचारीहरु दुर्घटनामा परेको अबस्थामा उनीहरुको बिमा नभएपनि संस्थाले राहत स्वरुप यसरी नै आर्थिक सहयोग गर्दे आएको बताउनु भयो ।
समितिले सहयोग गरेको रकमले विष्टको परिवारलाई घरखर्च चलाउन र छोराछोरी पढाउन सहयोग पुग्ने विश्वास पनि अध्यक्ष खड्काले व्यक्त गर्नुभयो ।।
मध्यपश्चिम यातायात व्यवसायी समितिको कार्यालय स्थापना भएदेखि नै बुकिङ इन्चार्जका रुपमा कार्यरत विष्टको २०७२ साल फागुन १४ गते निधन भएको समितिले जनाएको छ । समितिले प्राकृतिक प्रकोट लगायतका विभिन्न घटनामा घाइते भएका र पीडित भएकाहरुलाई सरकारी निकायको सिफारिसमा विभिन्न किसिमका सहयोग गदै आएको जनाएको छ ।

प्रकाशित मितिः ८ असार २०७३, बुधबार १२:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *