
सुर्खेत, ९ असार ।
एसओएस वालग्राम सुर्खेतले अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरेन्द्रचोकमा आयोजना भएको रक्तदान कार्यक्रममा एसओएस वालग्राम, हर्मन माइनर विद्यालयका शिक्षक कर्मचारी लगायत विभिन्न व्यक्तिहरुले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रमको उद्घाटन गदै एसओएस वालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले रक्तदान जीवन दान भएकाले मानविय सेवाको लागि वालग्रामले रक्तदान कार्यक्रम आयोजना गरेको वताउनु भयो ।