धर्मेन्द्र बिसी
कैलाली, १० असार ।
कैलालीको लम्की चुहा नगरपालिकाको गोराङ्गेमा ट्रकको ठक्करबाट एक जना वालकको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन ।
गोराङ्गे नजिकै पुर्बबाट पश्मितर्फ जादै गरेकोे ना २ ख ७४३८ नम्बरको ट्रकले विपरित दिशा तर्फ जादै गरेको से ३ प ९७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा लम्की चुहा नगरपालिका २ थकालिपुरका ६ वर्षीय रोसन सन्ज्यालकोे ज्यान गएको हो ।
घाइते भएका सञ्ज्याललाई उपचारका लागि अस्पतालमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।
मोटरसाइकल चालक सन्ज्यालका बुवा शिबराज सन्ज्याल गम्भीर घाइते भएका छन ।
उनलाई लालरत्न अस्पताल लम्कीमा समान्य उपचार पछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
दुर्घटनामा लम्की चुहा नगरपालिका २ थकालिपुरका ८ वर्षीय नबिन सञ्ज्याल र थकालिपुरकै कृष्ण न्यौपाने घाइते भएको इलाका प्रहरी कार्यालय चिसापानिका प्रहरी निरीक्षक सुदिपकुमार ओझाले बताए ।
ट्रक र चालक अच्युत मैनालीलाई नियन्त्रणमा लिएको पनि प्रहरीले वताएको छ ।