सोलारजडित पंखे चुलो पाएपछि खुशीले गदगद्

सुर्खेत, १४ असार ।
सुर्खेतको दशरथपुर –८ गमखोDSCF8175लामा रहेको हरियाली ताजा तरकारी स्वावलम्वन कृषि समुहका १४ जना महिलालाई सोलार प्यानल जडित सुधारिएको पंखे चुलो प्रदान गरिएको छ ।
पिसकोर नेपाल र केपी व्यावसायिक सेवा सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि समुहका सदस्यलाई चुलो वितरण गरिएको हो ।
चुलो वितरण गदै केपी व्यवसायिक सेवाका प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालले चुलो जडान गर्ने तरिका, प्रयोग र मर्मतका वारेमा जानकारी दिएका छन ।
चुलामा सोलार प्यानल  50 W / 12V, ब्याटी बक्स, वायुपंखी चुला र बत्ति जडान गरिएको छ ।
धुंवामुक्त गाउँ वनाउने अभियानमा जुटेका महिलाहरु महिलालाई सोलर जडित पंखे चुलो पाएपछि खुशीले गदगद भएका छन ।
DSCF8262सोलार चुलाले महिलाहरुको दैनिक जीवनमा ठुलो परिवर्तन ल्याउनुको साथै उनीहरुको स्वास्थ्य तथा कार्य बोझमा पनि कमी ल्याउने बताएको छ ।
आर्थिक अभावले वायोग्यास वनाउन नसकेका घरपरिवारले चुलो पाएपछि खुशी व्यक्त गरेको प्रवन्ध निर्देशक ढकालले वताए ।
पंखे चुलो वितरण कार्यक्रम समुहका अध्यक्ष चन्द्राकुमारी घर्तीको सभापतित्व र पिसकोर नेपालका स्टीभीन फोसेरको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रकाशित मितिः १४ असार २०७३, मंगलवार १३:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *