
बद्री पन्त
जाजरकोट १६, असार ।
जाजरकोटको लहँ गाविस –४ पिपलचौरमा गुर्सेखोलामा आएको बाढीले जनता प्राथमिक विद्यालयको भवन र स्थानीयको घर वगाएको छ ।
विहिवार दिउँसो आएको वाढीले बलबहादुर रावल र सर्वजीत दमाईको घर बगाएको छ ।
बढीले ३० घरले लगाएको सिमेथान धानको ज्यूलो कटान गरेको छ ।
बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा सारेको स्थानीय मदन रावलले जानकारी दिए ।
त्यसै पहिरोले लहँ गाविस – ३ भाच्चीउरामा हिमाल चुली प्राथमिक विद्यालयको भवन पुरेको छ ।
अभिरल वर्षापछि आएको पहिरोले विद्यालयको भवन पुरेको स्थानीय मकरवहादुर रावलले वताएका छन ।
गाउँ भन्दा माथि ३ किलोमीटर टाढा रहेको बाँउसेखोला र खन्टाकुराबाट आएको बाढी पहिरोले पिपलचौरका २६ घरपरिवार जोखिममा परेका छन् ।
लह“ गाविस भवन जोड्ने र नलसिंह गाड पहु“च सडक खन्दा जथाभावी फालेको माटोका कारण पहिरो खसेको स्थानीयले वताएका छन ।