८५५ जना सेना, प्रहरी र सशस्त्र प्रहरीमाथी कारवाही

082236सुर्खेत १७, असार ।
मानव अधिकार उल्लंघन गर्ने ८ सय ५५ जना सुरक्षाकर्मीलाई कारवाही गरिएको छ ।
कारवाही पर्नेमा १ सय ७७ जना सैनिक, ६ सय २२ जना प्रहरी र ५६ जना सशस्त्र प्रहरी रहेका छन । कारवाही पर्नेमा एक जना निजामति कर्मचारी समेत रहेका छन ।
उनीहरु सवैलाई बिभागिय कारवाही गरिएको जानकरी सरकारले दिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
आयोगले शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा २०५७ सालदेखि २०७१ सालसम्मको अवधिमा मानवअधिकार उल्लंघटन गर्ने सुरक्षाकर्मी र निजामति कर्मचारी गरी ८ सय ५६ जनालाई कारवाही गरिएको वताएको छ ।
चालु आर्थिक वर्षमा मानवअधिकार उल्लंघन गर्ने कति सुरक्षाकर्मी र निजामति कारवाहीमा परे भनेर अझै विवरण आइनसकेको वताएको छ ।
आयोगको क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख मुरारीप्रसाद खरेलले चौथो पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना लागु भएपछि मानव अधिकार उल्लंघनका घटनामा कमी आएको दावी गरेका छन ।
उनले कार्ययोजना लागु भएपछि सुरक्षा निकायले अधिकारको न्यूनतम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरेको र गैरकानूनी गिरफतारी नगर्ने नीति लिइएको पनि वताए ।
अहिले नेपालमा चौथो पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना (आ.व.२०७०÷७१ – २०७४÷७५) लागु भैइरहेको छ ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले मानव अधिकारको संरक्षण साझा मुद्धा भएकोले सवैको समान भुमिका र जिम्मेदारी हुने वताए ।
कार्यक्रमका सहभागीले कार्ययोजनाले समेटेका कतिपय सुचकहरु झारा टर्ने खालका रहेका, केन्द्रले गर्नुंपर्ने काम गाउँ र जिल्ला तहलाई जिम्मा लगाइएको, सीमिति स्रोत साधनले गर्दा प्रभावकारी काम गर्न नसकिएको दावी गरेका छन ।

प्रकाशित मितिः १७ असार २०७३, शुक्रबार ०७:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *