मुगु र जुम्ला वाहेक मध्यपश्चिमका १३ जिल्लामा बर्षा

20160623_135313सुर्खेत १७, असार ।
मुगु र जुम्ला वाहेक मध्यपश्चिमका १३ वटा जिल्लामा बर्षा भैइरहेको वताएको छ ।
प्यूठानमा भारी वर्षा भैइरहेको भएपनि अरु जिल्लामा भने सिमसिमे पानी परिरहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मुगु र जुम्ला जिल्लामा वादल लागेको भएपनि अहिलेसम्म वर्षा नभएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुई दिनदेखिको वर्षाको कारण दाङ –होलेरी सडक खण्डमा शुक्रवार दिउँसोवाट यातायात सेवा अवरुद्ध भएको छ ।
सइघा –२ च्यानगैरामा पहिरो गएपछि साँढे १ बजेवाट सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिवाकर सिंहले वताए ।
लगातारको वर्षाले रुकुम जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका छन ।
मुसीकोट – वाफीकोट र मुसीकोट – रुकुमकोट सडक अवरुद्ध भएको पनि सिंहले वताए ।
निरन्तर वर्षा भैइरहेकोले वाढी पहिरो आउन सक्ने भएकोले सचेत रहन प्रहरीले सवैलाई सुझाव दिएको छ ।
बाढी पहिरोले गर्दा कुनै घटना दुर्घटना भए तत्काल खवर गर्न समेत क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले आग्रह गरेको छ ।

प्रकाशित मितिः १७ असार २०७३, शुक्रबार ०९:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *