सुर्खेत १८, असार ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले लगातार पानी पर्दा राप्ती नदिमा पानीको बहाव वढेको जनाएको छ ।
राप्ती नदिमा पानीको बहाव बढेर अहिले ४ दशमलव ५० क्यूसेक पुगेको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिवाकर सिंहले वताए ।
उनले राप्ती नदिमा पानीको बहाव बढेर ५ दशमलव ४० क्यूसेक पुग्यो भने खतर उत्पन्न हुन सक्ने समेत वताए ।
पानीको बहाव खतराको विन्दुमा पुगे गंगापुर, फत्तेपुर, मटौया, वेतहनी लगायत राप्ती आसपासका गाविसहरु डुवानमा पर्न सक्ने प्रहरीले जनाएको छ ।
राप्ती नदिमा बढेर पानीको बहावले डुवान लगायतका समस्या ल्याउन सक्ने भएकोले सचेत रहन पनि प्रहरीले सर्वसाधारणलाई सुझाव दिएको छ ।
अहिले मध्यपश्चिमका विभिन्न जिल्लामा भीषण बर्षा भैइरहेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण पहिरो जादा सुर्खेत जुम्ला सडक खण्ड अन्र्गत पर्ने कालिकोटमा सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
वर्षाले गर्दा ग्रामीण क्षेत्र अधिकाश कच्ची सडकहरुमा यातायात सेवा अवरुद्ध भएको समेत प्रहरीले जनाएको छ ।
वर्षाले प्युठान जिल्लामा एउटा घर भत्काएको छ । भने अन्य जिल्लामा अहिलेसम्म त्यस्तो कुनै मानविय क्षेती नभएको वताएको छ ।