जेसिभी, डाेजर प्रहरी नियन्त्रणमा

सुर्खेत २१, असार ।
पश्चिम सुर्खेतको बावियाचौर भत्तडी जंगलाघाट सडक निर्माणमा प्रयोग भएको जेसिभी, डोजर लगायतका सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा यो सडकको लागि ४५ लाख रुपैया आएपछि त्यसलाई खर्च गर्न सडक खनिरहेको वेला
सडक खन्ने नाममा सर्वसाधारण जग्गामा जथाभावि खनेको र खानेपानीका पाइपहरुमा क्षेति पुरयाएपछि सोमवार राती १० बजेतिर निर्माण सामाग्री नियन्त्रणमा लिइएको इलाका प्रहरी बावियाचौरले जनाएको छ ।
जथाभावि रुपमा सडक खन्न थालिएको भन्दै स्थानीयले उजुरी दिएपछि गयराती जेसिभी, डोजर लगायतका सामाग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २१ असार २०७३, मंगलवार ०३:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *