सरकारी वकीलको कार्य सम्पादन

20160708_085528
कार्यक्रममा सहभागी पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायधिश तेजवहादुर केसी लगायत ।

सुर्खेत, २४ असार ।
पुनरावेदन तथा सरकारी वकील कार्यालयले गर्ने गतिविधिबारे सरोकारवाला निकायहरुबीच समन्वयात्मक छलफल सम्पन्न भएको छ ।
पुनरावेदन अदालतका मुख्य न्यायधीश तेजबहादुर केसीको प्रमुख आतित्थ्यतामा सम्पन्न गोष्ठीमा न्यायिक तथा अर्धन्यायिक निकायका प्रमुखहरु समेतको सहभागिता थियो ।
शुक्रबार वीरेन्द्रनगरमा भएको गोष्ठीमा सरकारी वकील कार्यालयका प्रमुख सह–न्यायधिवक्ता धर्मानन्दनाथले सरकारी वकील कार्य सम्पादन, अन्य निकायसँगको समवन्ध र समन्वय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सरकारी वकील र सरोकारवाला बिचको सम्वन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

प्रकाशित मितिः २४ असार २०७३, शुक्रबार १३:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *