सुर्खेत २७, असार ।
समुदाय र सरकारी वकिलका वीचको सम्बाद कार्यक्रम सुर्खेतका छिन्चुमा भएको छ ।
जिल्ला सरकारी वकील कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा सरकारी वकिलले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जनतालाई जानकारी दिइएको छ ।
कार्यक्रममा जनताले सोधेका प्रश्नहरुको जवाफ दिदै सुर्खेत जिल्लाका न्यायधिवक्ता भारतीले सरकारी वकील र जनताका विचको सम्बन्ध सधै सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विभिन्न कानुनी अड्चन र समग्र न्यायलयको अवस्थाका बारेमा आएर वकिल कार्यालयमै बुझ्न सर्वसाधारणले सक्ने बताउनु भयो ।
जिल्ला न्यायधिस कैलाशप्रसाद सुवेदीले अहिले पनि आम नागरिकले न्यायलयलाई सजिलै रुपमा बुझ्न नसकेको बताउनु भयो ।
उहाँले अदालतका तर्फवाट न्याय दिने काम छिटो भन्दा छिटो गर्न आफुहरु लागि परेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपन्यायधिवक्ता लक्ष्मीनारायण दाहाल, सहन्यायधिवक्ता धर्मानन्द नाथ, जिल्ला वारका अध्यक्ष विवसकुमार वस्नेत लगायत नागरिक अगुवा, सर्वसाधारण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको थियो ।