सहकारीकर्मीबीच अन्तरक्रिया

_121037सुर्खेत, ३१ असार ।
सहकारीकर्मी, लाइन एजेन्सी पदाधिकारी र लेखापरिक्षकबीच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन सहकारी कार्यालय सुर्खेतले गरेको कार्यक्रममा सहकारी ऐन र नियमावलीमा भएका मुख्य प्रावधान, सहकारीहरुको आर्थिक स्रोत परिचालन लगायतका विषयमा छलफल भएको छ ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख देवीप्रसाद पौड्यालले डिभिजन सहकारी कार्यालयले चालु आवमा गरेका गतिविधिबारे जानकारी दिनु भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, राष्ट्रिय सहकारी संघका संचालक पदम दाहाल, राष्ट्रिय सहकारी बैकका संचालक हरिहरनाथ योगी, जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसी, बहुउद्देश्यि सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानी, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण भण्डारीलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहजिकरण डिभिजन सहकारी कार्यालयका सहायक सहकारी निरिक्षक भिमनिधि उपाध्याय र जीवन रुपाखेतीले गनु भएको थियो ।

प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ११:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *