विप्लव माओवादीका सुर्खेत इन्चार्जसहित ९ जना नेता कार्यकर्ता प्रक्राउ

5426-300x225
प्रक्राउ परेका इन्चार्ज सुनार रातो टिसर्टमा र सेक्रेटरी ओली कालो सर्टमा ।

सुर्खेत २, साउन ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका सुर्खेत इन्चार्जसहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द माओवादीले गरेको २ घण्टे देशव्यापी चक्काजाामको क्रममा वीरेन्द्रनगरको मंगलगढीचोकवाट उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले सेक्रेटरी प्रकाश ओली, विद्यार्थीका केन्द्रीय सदस्य धनवहादुर नेपाली, कमलसिं वुढा, धुव्र वोगटी, सिद्ध खड्का, टेकबहादुर परियार, लालबहादुर बुढा, लगायतलाई प्रक्राउ गरेको जनाएको छ ।
प्रक्राउ परेका सवै नेता कार्यकर्तालाई अहिले नगर प्रहरी कार्यालयमा राखिएको वताएको छ
सर्लाही जिल्लाको सागरनाथ गाविसमा रहेका सुकुम्वासीमाथी प्रहरीले दमन गरेको भन्दै त्यसको विरोधमा विप्लव माओवादीले आइतवार विहान ९ बजेदेखि ११ बजेसम्म देशव्यापी चक्काजाम कार्यक्रमको आयोजना माओवादीका इन्चार्ज वालाराम सुनारले वताउनु भयो ।
उहाँले आफुहरुले शान्तिपूर्ण तरिकाले गरिरहेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप समेत लगाउनु भयो ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले जक्काजाम गराउदै हिडिरहेको वेला उनीहरुलाई प्रक्राउ गरिएको जनाएको छ ।
सम्भावित तोडफोडको घटना हुन नदिनको लागि उनीहरुलाई प्रक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले वताउनु भयो ।
उहाँले आगामी दिनमा यस्ता क्रियाकलाप गर्नेलाई कडा कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।

प्रकाशित मितिः २ श्रावण २०७३, आईतवार ०५:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *