अस्पतालको जग्गामा व्यक्तिका पक्कीघर

13483079_1779620488934684_4482530043324804147_oबद्री पन्त
जाजरकोट ४, साउन
जिल्ला अस्पताल जाजरकोटको जग्गा अतिक्रमण गरी व्यक्तिले घर वनाएको पाइएको छ ।
स्थानीयबाट अस्पतालको जग्गा अतिक्रमण गरी पक्की घरहरु वनाएको अस्पतालले जनाएको छ ।
सदरमुकाम खलंगाको ठाँटीबजारमा रहेको अस्पतालको ४० रोपनी मध्ये ५ रोपनी जग्गा अतिक्रमण गरी स्थानीयले पककी घर वनाएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताउनु भयो ।
लभ रोडको दायाँ बाँया र थाप्लेचौर जाने बाटोको दायाँबायाको जग्गा दर्जन वढी घरहरु वनेको उहाँले वताउनु भयो ।
जाजरकोटमा २०३३ सालमा अस्पताल स्थापना हुदा यो जग्गा अस्पतालको नाममा प्राप्त भएको थियो ।
४० रोपनी जग्गामा ८ रोपनी जग्गा जिल्ला अदालतलाई, डेढ् रोपनी खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयलाई र ११ आना जग्गा बृदाश्रमलाई उपलब्ध गराई सकेको पाइएको अस्पतालका प्रमुख डा. राजेन्द्र जीसीले बताउनु भयो ।
सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरेकाहरुलाई जतिवेला पनि अस्पतालले हटाउन सक्ने उहाँले उल्लेख गर्नुंभयो ।
यस्तै जिल्लामा जिल्ला बन, राष्ट्रिय अनुसुन्धान, प्रहरी, लगाएतका कार्यालयका सरकारी जग्गा पनि अतिक्रमणको चपेटमा परेको वताएको छ ।
सरकारी जग्गा अतिक्रमण हुदा समेत नियमक निकाय चुप लागेर वसेको जाजरकोटवासीको गुनासो छ ।

प्रकाशित मितिः ४ श्रावण २०७३, मंगलवार ११:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *