चन्द माओवादीको वन्दले यातायात ठप्प, जनजीवन प्रभावित

सुर्खेत, १० साउन ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण सोमवार सुर्खेतसहित आसपासमा क्षेत्रमा यायाताय सेवा ठप्प भएको छ ।
वन्दले गर्दा सामान्य जनजीवन समेत ठप्प भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर सहित नेपालगंज, घोराही, कोहलपुर, तुल्सीपुर, वर्दिया, दैलेख, जाजरकोटका बसपार्कवाट यातायास साधन नछुटेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
वन्दका कारण मोटरसाइकल लगायतका केही साना सवारी साधन छिटपुट रुपमा चलेपनि लोमो रुटका सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन ।
वन्दले गर्दा बजार समेत वन्द रहेको वताइएको छ ।
सर्लाही जिल्लाको सागरनाथ गाविसमा रहेका सुकुम्वासीलाई सरकारले जवरजस्ती हटाएको, वाढी र भुकुम्प पीडितको अहिलेसम्म उचित पुर्नवास नगरेको, वन अतिक्रमण हटाउने नाममा भुमिहीन जनतलाई दुख दिएको भन्दै चन्द नेतृत्वको माओवादीले नेपाल वन्दको आव्हान गरेको जनाएको छ ।
चन्द नेतृत्वको नेकपा माओवादी सुर्खेतका सेक्रेटरी प्रकाश ओलीले जनतालाई दुख दिन नभई कालोबजारी, भष्टाचार, अन्याय अन्त्याचार,गुुन्डागर्दी जस्ता जनविरोधी क्रियाकलापका विरुद्ध वन्द गर्नु परेको दावी गर्नुभयो ।

प्रकाशित मितिः १० श्रावण २०७३, सोमबार ०१:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *