बार एकाई सुर्खेतको अध्यक्षमा नन्द भण्डारी

FB_IMG_1469794569593सुर्खेत, १४ साउन ।
जिल्ला अदालत बार इकाई सुर्खेतको अध्यक्षमा अधिवक्ता नन्द भण्डारी सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
११ सदस्यीय नँया कार्यसमितिको उपाध्यक्षमा हिमालयजंग शाही, सचिवमा रामबाबु बिसी र कोषाध्यक्षमा गिता कोइराला रहनु भएको छ ।
यस्तै समितिको सदस्यमा रुद्रप्रसाद पोखरेल, डम्बर सिजाली, लोकबहादुर विसी, मोतीप्रसाद शर्मा, पर्वलाल दाहाल, टोपबहादुर वली र टीकाप्रसाद पोखरेल चयन हुनुभएको छ ।
इकाईले प्रेमध्वज शाही, रामबहादुर भण्डारी तथा मदनबहादुर खड्कालाई केन्द्रीय पार्षदमा चयन गरेको वताएको छ ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले पेशागत हकअधिकारलाई सुनिश्चित गदै न्यायिक स्वच्छता कायम राख्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मितिः १४ श्रावण २०७३, शुक्रबार १२:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *