उपभोक्ता ठग्ने प्रेटोल पम्प संचालकलाई करवाही

सुर्खेत, २४ साउन ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रोटेल पम्प संचालकहरुलाई उपभोक्तावाट तोकिएको भन्दा बढी रुपैया नलिन निर्देशन दिएको छ ।
प्रेटोल हालेपछि संचालकहरुले विभिन्न वाहान वनाएर खुदा पैसा फिर्ता नदिएको गुनासो आएको भन्दै कार्यालयले उनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
सुर्खेतका प्रेटोल पम्प संचालकहरुलाई जिल्ला प्रशासन कार्यालयमा वोलाएर तोकिएको भन्दा बढी रुपैया नलिन र खुद्र रुपैया उपभोक्तालाई फिर्ता गर्न निर्देशन दिएको प्रशासनकिय अधिकृत हितप्रसाद पौडेलले वताउनु भयो ।
वत्ति नभएको वेला प्रेटोल विक्री गर्दा नापतौल विभागले स्वीकृति दिएको लिटरवाट मात्र उपभोक्रालाई तेल दिन पनि निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
नापतौल कार्यालयले स्वीकृति दिएको लिटरमा नदिएर वोतलहरुवाट प्रेटोल वेच्ने प्रेटोल पम्पलाई कारवाही गर्ने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
सुर्खेतका प्रटोल पम्प संचालकहरुले जिल्ला प्रशासनको निर्देशनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छन ।

प्रकाशित मितिः २४ श्रावण २०७३, सोमबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *