सुर्खेत, २५ साउन ।
सुर्खेतको सामुदायिक वनको संरक्षण र विकासको लागि महत्वपूर्ण योगदान गरेको भन्दै सहायक जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।
सुर्खेतका सामुदायिक वनहरुले सामुदायिक वनको प्रथम राष्ट्रिय दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता सहुह र सरोकारवालाहरुले शर्मालाई सम्मान गरेका हुन ।दिवसको अवसमा सुर्खेतको सवैभन्दा पुरानो सामुदायिक वन देउती बज्र्यै सामुदायिक वन उपभोक्ता समुह र अध्यक्षहरु मध्येवाट भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्कीलाई पनि सम्मान गरिएको छ ।
दिवसको अवसरमा वारेर बृक्षारोपन, सम्मान लगायतका कार्यक्रमहरु आयोजना गरेको सामुदायिक वनहरुले जनाएका छन ।
कार्यक्रममा क्षेत्रीय वन निर्देशक अनिरुद्ध ठाकुरले जनको संरक्षण र विकासमा सामुदायिक वन उपभोक्ता समुहको महत्वपूर्ण भुमिका रहेको वताउनु भयो ।
यस्तै जिल्ला भू संरक्षण कार्यालयका प्रमुख शीवराम अधिकारले वनको संरक्षण र विकासमा सवैको साझा पहल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम सामुदयिक वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष शान्ति सिहको सभापतित्वमा भएको हो ।