सुर्खेत २५, साउन ।
ज्येष्ठ नागरिक समन्वय समितिको आयोजनामा सालकोटमा जेष्ठ नागरिकहरुको भेला आयोजना गरिएको छ ।
भेलाले पुनः डिल बहादुर राष्कोटीको अध्यक्षतामा ११ सदस्यीय जेष्ठ नागरिक समन्वय समिति सालकोट गठन गरेको छ ।
समितिको उपाध्यक्ष यामकली पौडेल, सचिब खड्क बहादुर बिसी, सहसचिब रबि बहादुर शाही र कोषाध्यक्ष लिलाराम चपाई रहनु भएको छ ।
यस्तै सदस्यहरुमा डण्डपाणी अधिकारी, चमारे कसेरा, बसुन्धरा सिजापती, कालिदेबी रोकाय, अमरसिङ नेपाली र सहबिर सुनार रहेको गाविसका सचिव तिलकराम अधिकारीले वताउनु भयो ।
भेलामा जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष गंगा प्रसाद आचार्य, सालकोट गाबिस सचिब अधिकारी, राजनैतिक दलका प्रतिनिधि लगायत सर्वसाधारणको सहभागीत रहेको थियो ।
भेला राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य डम्मरकुमारी आचार्यले जेष्ठ नागरिकका समस्याहरु तथा हक अधिकार बारेमा जानकारी दिनु भएको छ ।