सुर्खेत, २९ साउन ।
समाज जागरण केन्द्र स्याक सुर्खेतको २२ औ वार्षिकोत्सव तथा २१ औ वार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०७२÷७३ को प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै चालु आर्थिक वर्ष २०७३÷७४ को प्रस्तावित नीति, कार्यक्रम र बजेट पनि प्रस्तुत गरिएको छ ।
स्याक सुर्खेतले शिक्षा, स्वास्थ्य, आयआर्जन तथा जीविकोपार्जन, मानव अधिकार तथा शान्ति पर्वद्धन, संस्थागत विकास, जलवायु परिवर्तनको क्षेत्रमा विभिन्न कामहरु योजना अघि सारेको छ ।
सभामा जिल्ला अदालत सुर्खेतका न्यायधिश कैशासप्रसाद सुवेदीले समाज परिवर्तन र विकासको लागि गैरसरकारी संस्थाले महत्वपूर्ण भुमिका खेलेको वताउनु भयो ।
यस्तै स्याकका संरक्षक डा. सुरेश तिवारीले स्याक नेपाल जुन उदेश्यका साथ स्थापना भएको थियो त्यो उदेश्य पुरा हुदै गएको उल्लेख गर्नुभयो ।
सहयक जिल्ला शिक्षा अधिकारी निलकन्ठ रेग्मीले सुर्खेतको शैक्षिक विकासमा स्याक नेपालले महत्वपूर्ण योगदान दिदै आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी पूर्णप्रसाद पौडेलले विपन्न जनताको जीवनस्तर उकास्नको लागि स्याकले सहयोगी संस्था वन्दै गएको वताउनु भयो ।
सभा स्याक नेपाल सुर्खेतका अध्यक्ष मिना तिवारीको सभापत्विमा भएको थियो
यसैवीच समाज जागरण केन्द्र स्याकले २२ औ वार्षिकोत्सव तथा २१ औ वार्षिक साधारण सभाको अवसर पारेर कार्यकारी निर्देशक टिकाराम आचार्य लगायत विभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको हो ।
२० वर्ष सेवा गरेको भन्दै स्याक नेपालले कार्यकारी निर्देशक आचार्यसहितका कर्मचारी उत्कृष्ट कार्यक्रम, उत्कृष्ट महिला समुह, उत्कृष्ट वाल संजाल, उत्कृष्ट नमुना गाउँलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा कार्यक्रम संयोजक ओमप्रकाश सुवेदी, अनुगमन तथा मुल्याकन अधिकृत खगेन्द्रप्रसाद शर्मा, क्षमता अभिबृद्धि उत्पेरक हरिभक्त कोइराला, प्रशासन सहायक शेरवहादुर विक र कार्यालय सहयोगी टेकबहादुर गन्द्रमा पनि रहनु भएको छ ।
यस्तै उत्कृष्ट कार्यक्रम संकल्प, उत्कृष्ट महिला समुह वीरेन्द्रनगर–१२ को एकता महिला समुह, वीरेन्द्रनगर वाल सञ्जाल, वीरेन्द्रनगर– २३ को आफर नमुना गाउँ, साटाखानी–७ को लाम्टाडी नमुना गाउँ, भेरी गंगा नगरपालिका–१६ को ठुलो करेली नमुना गाउँ र वीरेन्द्रनगर– १ नेवारेको त्रिवेणी सामुदायिक वंैकलाई समेत स्याकले सम्मान गरेको छ ।