सुर्खेतका जिल्ला न्यायधिश सुवेदीले पत्रकारसँग यस्तो भने ।

सुर्खेत, ३१ साउन ।
जिल्ला अदालत सुर्खेतले आर्थिक वर्ष ०७२÷०७३ मा ६ सय ४६ मुद्धा टुङ्गो गरेको जनाएको छ ।
अदालतले प्रगती विवरण सार्वजनिक गर्दै कार्यलयमा दर्ता भएका ९ सय ८७ मुद्धा मध्ये ३ सय ४० थान टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिएको हो ।
न्यायधीश कैलासप्रसाद सुवेदीले ६५ प्रतिशत भन्दा बढी मुद्धा टुङ्गो लागि सकेकोछ बताउनु भयो ।
उहाँले निधक्क भएर मुद्धा गर्न पनि सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका २ सय २७ वटा मुद्धा परेकोमा १ सय ५१ वटाको टुगो लागेको छ भने ७६ वटाको टुङ्गो लाग्न बाँकी रहेको छ ।
यस्तै अंशवण्डा सम्वन्धी १ सय २४ मुद्धा मध्ये ७९ मुदाको टुङ्गो लागेको छ भने ४५ वटा मुद्धाको पछयौट हुन बाँकी रहेको छ ।
सार्वजनिक अपराध सम्वन्धी १ सय २७ जवर्जस्ती सम्वन्धी २४, बहुबिवाह, १२ लेनदेन किर्ते जालसाजी २३ वटा मुद्धाको टुङ्गो लागी सकेको कार्यलयले जनाएको छ ।
दन्ड जरिमाना वापतको ३ करोड ७८ लाख ७४ हजार रुपैयाँ मध्ये ४४ लाख ३ हजार असुल भएको छ भने ३ करोड ३४ लाख ७१ हजार २ रुपैयाँ असुरउपर गर्न बाँकी छ ।

प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार १३:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *