सुर्खेतमा नयाँ यातायात सेवा संचालन

सुर्खेत, ४ भदौ ।
सुर्खेतमा नयाँ यातायात सेवा सञ्चालनमा आएको छ ।
सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो सेवा दिने उदेश्यले यातायात सेवा संचालनमा ल्याएको सुर्खेत बुलबुले यातायात प्रालीले जनाएको छ ।
सुर्खेतबाट नेपालगञ्ज तथा दैलेखमा यातायात सेवा शुरु गरेको प्रालिले छिट्टै थप नयाँ गाडीहरु ल्याउने प्रालिका अध्यक्ष सुशील रेग्मीले बताउनु भयो ।
उहाँले करिब दुई करोड लगानीका साथ आठ वटा वीएडब्लु माइक्रोबाट सेवा शुरु गरिएको समेत वताउनु भयो ।
imagesसञ्चालनमा ल्याएका माइक्रोहरुमा एसी, जीपीएल सिष्टम, एलसीडी मनिटर लगायतका सुविधाहरु रहेका छन् ।
अध्यक्ष रेग्मीले छिट्टै थप नयाँ गाडीका साथ मध्यपश्चिमका जाजरकोट, कालिकोट तथा जुम्लामा सेवा सञ्चालनमा ल्याउने तयारी भैइरहेको उल्लेख गर्नुभयो ।
प्रत्येक सवारीमा एउटा सीट जेष्ठ नागरिकलाई निशुल्क उपलब्ध गराइने छ भने सबै सवारीमा महिला, बालबालिका, अपाङ्ग तथा असक्तलाई विशेष सीटको व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १३:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *