खोलाको सास्ती

बद्री पन्त
जाजरकोट ५, भदाै ।
बत्तीमुनि अ“ध्यारो भने झैं जाजरकोट सदरमुकाम छेउको खोलामा पुल नबन्दा स्थानीय बासिन्दालाई सास्ती भएको छ ।
भेरीमालिका नगरपालिका २, दार खोला, झ्याली खेतखोला र कोटखोलामा पुल नहु“दा स्थानीयलाई सास्ती भएको हो ।
पुल नबन्दा त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगा, त्रिभुवन निम्न माध्यमिक विद्यालय रिसाङ्ग र विष्णु प्राथमिक दारनेटाका विद्यार्थी विद्यालय जानवाट बन्चित हुने गरेका छन् ।
त्यस्तै रिसाङ्ग, दार, बाहुनथाना, पोखरा नेटा लगाएतका स्थानीयलाई सरकारी सेवाका लागि सदरमुकाम खलंगा तर्फ आवतजावत गर्न र दैनिक उपभोग बस्तु ओसारपसार गर्न समस्या भएको छ ।
जाजरकोट जुम्ला सडकमा पर्ने सदरमुकाम भित्रका ३ खोलामा पुल निर्माणका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीय गणेश बहादुर खत्रीले बताउनु भयो ।
IMG_2989१५ बर्ष अघि देखि बारम्बार पुल निर्माणको योजना माग्दा हैरानै भयौं तर कतैबाट पनि सम्बोधन भएन खत्रीले भन्नुभयो ।
पुल निर्माणका लागि जिल्ला विकास समिति, नगरपालिका, सडक डिभीजन, जलवायु परिवर्तन सहयोग कार्यक्रम लगाएत सरकारी तथा गैरसरकारी निकायस“ग अनुरोध गरेपनि कतैवाट सहयोग नभएको स्थानीयले वताएका छन ।
पुल नहु“दा दारखोलाले बगाएर दर्जन पशुचौपायको क्षेती भएको, विरामीलाई उपचारका लागि जिल्ला अस्पताल लैजान पनि वाधा पुगेको खत्रीले उल्लेख गर्नुभयो ।
खोलामा पानीको सतह बढेपछि विद्यालय जान आउन समस्या हुने गरेको त्रिभुवन निमावि रिसाङ्गका विद्यार्थी हरीबहादुर वलीले बताउनु भयो ।
हरेक बर्ष असारदेखि भदौ दोस्रो सातासम्म विद्यालयको पढाई प्रभावित हुने गरेको छ ।
IMG_3033यी खोलामा पानी बढेपछि १ देखि १२ कक्षा सम्म पढ्ने विद्यार्थीको पढाई नै छुटदै आएको छ ।
कहिले पुल बन्ला र विद्यालय जानआउन सहज होला ?, अभिभावक भन्छन दारखोला, कोटखोला र झ्यालीखेत खोलाले सय बालबालिकालाई पढाईबाट बन्चित गरेको छ ।
पुरानो रिसाङ्ग, दारागाउ, तातोपानी, नेटा, कल्याणपुर, रोट, झ्यालीखेत लगाएत गाउँका बालबालिकालाई विद्यालय जान समस्या भएको छ ।
पुलकै कारण ढिमे, पैक, अर्छानी, टालेगाउ, डा“डागाउ, रामीडाडा, रोकायगाउ र नायकबाडा गाविसका बासिन्दालाई सदरमुकाम आउन समस्या पार्ने गरेको ढिमे १ का डिल्ली थापाले बताउनु भयो ।
पुल बनाउने तर्फ कसैको चासो छैन, जनताले दुख पाएका छन्, थापाले भन्नुभयो राजनिति दलका नेता कार्यकर्तादेखि माथिल्लो पदमा कार्यरत कर्मचारी यिनै खोलाबाट वारपार गर्छन् । तर पुल निर्माण ताकेता गर्दैनन् ।
पुल नहु“दा दुर्गम गाउमा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने गरेको थापाले बताए ।
खोलाले स्थानीय बासिन्दाको ज्यान जोखिममा पारेको छ । घोडाखच्चडद्वारा खाद्य तथा अन्य सामाग्री ओसारपसार गर्नु पर्ने वाध्यता छ ।

प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार ०९:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *