नयाँ धारा जडान

सुर्खेत, ५ भदौ ।
झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नयाँ धारा जडान सुरु गरेको जनाएको छ ।
गएको फागुन महिनामा जडान शुल्क लिएकाहरुको घरमा अहिले नयाँ धारा जडान गर्ने काम भैइरहेको संस्थाले वताएको हो ।
पहिलो चरणमा ५ सय ७९ वटा धारा जडान गर्ने कार्यक्रममा रहेकोमा अहिलेसम्म ३ सय जति धारा जडान गरिसकिएको कार्यालय प्रमुख दिपक शर्माले जानकारी दिनुभयो ।
02764दास्रो चरणमा ५ सय ९० नयाँ धाराहरु जडान गर्नको लागि अहिले निवेदन संकलन भैइरहेको उहाँले उल्लेख गर्नुभयो ।
खरी खोला र वोरी खोलाको पानी थपिन वित्तकै ४ हजार ४ सय २५ वटा नयाँ धाराहरु थपिने वताएको छ ।
१५ हजार रुपैया जम्मा गरेको र घर भएका व्यक्तिहरुलाई मात्र नयाँ धारा जडान गरिने कार्यालयले जनाएको छ ।
झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिल १२ हजार ४ सय ९७ धाराहरु संचालन गदै आएको छ ।
पानीको स्रोत थपिन वित्तिकै धाराहरुको संख्या पनि वढाउने वताएको छ ।

प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १२:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *