सहकारी व्यवस्थापन

14123606_1773731182912334_841966982_oसुर्खेत, ६ भदौ ।
सहकारी लेखा व्यवस्थापन सम्बन्धी ६ दिने तालिम आजवाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।
सुन्दर नेपाल संस्थाले सुर्खेतमा संचालन गरेको कृषि स्वास्थ्य तथा वैकल्पीक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमले तालिमको आयोजना गरेको हो ।
कार्यक्रम लागु गाविसका सहकारी संस्थामा आबद्ध व्यवस्थापकहरुलाई सहकारीलाई उचित व्यवस्थापनका साथ अगाडि बढाउन मद्दत पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको वताएको छ ।
तालिममा परियोजनाका टिमलिडर इशुशंकर श्रेष्ठले अध्ययन गरेर जानेका शैद्धान्तिक कुराहरुलाई व्यवहारमा लागु गर्नका लागि तालिमको आवश्यक्ता पर्ने बताउनुभयो ।
मुख्य प्रशिक्षक दामोदर अधिकारीले सहकारी व्यवस्थापनको मूल्य मान्यतालाई सहकारी संचालक र सरोकारवाला निकायहरुले समेत लागु गर्न नसकेको बताउनु भयो ।
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी संस्थाहरुलाई व्यवस्थित गरी लक्ष्य प्राप्तीका लागि समय–समयमा आवश्यकता अनुसार तालिमको खाँचो पर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रम संयोजक भिमराज बास्तोलाले परियोजना लागु भएका स्थान र कार्यक्रमको बारेमा जानकारी दिनु भएको छ भने वैकल्पीक जीविकोपार्जन अधिकृत मिलन श्रेष्ठले तालिमको उद्देश्यमाथी प्रकाश पार्नु भएको छ ।

प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १२:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *