क्षेतिपूर्तिको लागि पहिल गरिदिन कावुल घटनाका घाइतेको माग

49
कावुल घटनाका घाइते सुर्खेतका अमृत रोकाया क्षेत्री ।

सुर्खेत, ६ भदौ ।
अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोटमा परी घाइते भएकाहरुले क्षतिपूर्तिका लागि क्यानडासगँ पहल गरिदिन नेपाल सरकारसग माग गरेका छन ।
घटनापछि उपचार गरिहेका सुर्खेतका अमृत रोकाया क्षेत्री, गोरर्खाका मनबहादुर थापा, विराटनगरका प्रेमबहादुर क्षेत्री, चितवनका कृष्ण देउजा, पोखराका चेतप्रसाद शेरचन र गोरखाकै कुमार गुरुङले यस्तो माग गर्नु भएको हो ।
साब्रे ईन्टरनेशनल मार्फत क्यानडेली दूतावासको सेक्युरिटी गार्डमा कार्यरत रहदा गत असार ६ आत्मघाती वम विफोष्टमा परी उहाँहरु घाइते हुनु भएको थियो ।
विष्फोटमा परी १३ जना नेपाली सुरक्षा गाड सहित १५ जनाको ज्यान गएको थियो ।
उहाँहरुले अहिलेसम्मको उपचार खर्च इन्सुरेन्स कम्पनीले बेहोरीरहेको बताउनु भएको छ ।
घाइतेमध्येका सुर्खेतका अमृत रोकायले इन्सुरेन्सले ९० दिनसम्मको उपचार खर्च मात्रै व्यहोर्ने बताएको जानकारी दिनुभयो ।
घाइते मनबहादुर थापाको मृगौल र कलेजोमा अडकिएको फलामको टुक्रा निकाल्न पटकपटक अप्रेशन भइसकेको छ ।
कृष्ण देउजाको भने टाउकोमा अझै फलामको दुई टुक्रा बाँकी नै छन ।
अमृत रोकायको भने च्यातिएको कानको जालीको उपचार भइसके पनि नियमित थेरापी गराइरहेको छ ।
सबैभन्दा बढी घाइते भएका मनबहादुरको भने उपचार लामो समय चल्ने डाक्टरहरुले बताएका छन ।
चितवनका कृष्ण देउजालाई भने अपोलो अस्पतालले ६ महिनापछि फलोअपका निम्ती बोलाएको वताउनु भयो ।
घाइतेहरुले नेपाल फर्केपछि सरकारले कुनै सोधखोज नगरेको र क्षतिपूर्तिको पहल नगरिदिएको गुनासो पनि गरेका छन ।
उनीहरुले मर्ने त मरेर गइहाले बाँचेकाहरुको लागि सरकारले कुटनीतिक पहल गरेर क्षतिपूर्ति भराई दिनुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १३:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *