घाँटीमा लगाएको गहना लुटेर भाग्दै गर्दा…

सुर्खेत, ८ भदौ ।
सुर्खेतको वीरेन्द्रनगर बजारको मंगलगडी चोकबाट दिनदाहाडै सुनका गहना लुट्ने एकजना युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
बजारमा हिडिरेको बेला ७४ वर्षिय बुद्ध महिलाले घाँटीमा लगाई राखेको ५ आनाको जन्तर खोसेर भाग्दै गर्दा प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
घाँटीमा लगाएको गहना लुटेर भाग्दै गर्दा प्रहरीले लखेटेर वीच बजारमा समातेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुुर मल्लले लटनेमा अरु पनि संलग्न भएकोले थप अनुसन्धानको लागि नाम सार्वजनिक नगरेको बताउनु भयो ।
वीरेन्द्रनगर लगाएत आसपासमा क्षेत्रमा दिनदाहाडै चोरीका घटना बढदै गएपनि प्रहरी मौन बनेको नागरिकहरुले गुनासो गरेका छन ।
यता प्रहरीले भने शान्ति सुरक्षामा प्रहरीकोतर्फवाट कुनै कसर बाकी नराख्ने उल्लेख गरेको छ ।

प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार ०८:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *