सुर्खेत, भदौ १० ।
सुर्खेतमा एम्नेष्टी इन्टरनेशनल नेपाल को अर्काे शाखा स्थापना भएको छ । पाइनियर निमाणाधिन समूहको शुक्रबार औपचारिक रुपमा स्थापना गरिएको हो ।
एम्नेष्टी इन्टरनेशनल नेपालले अनुमति दिएपछि शुक्रबार भएको निर्माणाधिन समूहको पहिलो भेलाले पत्रकार खेमराज वली संयोजक रहेको ९ सदस्यीय समित गठन गरेको छ ।
निर्माणाधिन समूहको उपसंयोजकमा भूपेन्द्र लामिछाने, सचिवमा रविन्द्रकुमार चन्द, सहसचिवमा तिलक क्षेत्री, कोषाध्यक्षमा लक्ष्मीकुमारी पोख्रेल चयन भएका छन ।
अन्य सदस्यहरुमा केशव बोहोरा, पुष्पा थापा, मोहमद आयतुल्ला रहमान र खड्कबहादुर बिक रहेका छन् ।
यस्तै जगत अधिकारीको संयोजक, यज्ञ खत्री र कर्मसिंह बुढा सदस्य रहेको प्रकाशन समिति तथा केशब कार्की संयोजक, हिमाल आचार्य र रविन्द्र थापा सदस्य रहेको तालिम समिति पनि गठन गरिएको छ ।
निर्माणाधिन समूहको सल्लाहाकारमा चित्र केसी, अनिलबहादुर शाही र रत्न पाण्डे रहनेछन ।