पुल निर्माणपछि यातायात सहज

बद्री पन्त
जाजरकोट १३,भदौ ।
छिन्चु–जाजरकोट सडकमा दुई वटा सडक पुल निर्माण भएका छन । पुल निर्माण भएपछि जाजरकोटको यातायात सेवा सन्चालनमा सहज भएको छ ।
आर्थिक बर्ष २०७१÷०७२ ठेक्का सम्झौता भइ ३ बर्षमा निर्माण भैइसक्नु पर्ने पुलहरु तोकेको समय अगाबै सम्पन्न भएका छन ।
सडक विभाग पुल योजनाको ७ करोड लागतको पुल निर्माणको जिम्मा आशिष जे.भि निर्माण सेवाले लिएको थियो । ७७ मिटर लम्बाई र साढे ९ मिटर चौडाई छ ।
IMG_5351लामो समय देखि खोलामा पुल नहुदा यातायातका साधन तथा स्थानीयलाइ सास्त्री हुदै आएको थियो ।
पुल नहुदा सीधा यातायात नहुदा गाडी बदल्नु पर्ने समस्याले यात्रुलाई सताएको थियो ।
पुल निर्माण भएपछि जाजरकोटको यातायात सेवा सन्चालन नियमित हुने र स्थानीयलाई आउनजान सहज पुग्ने देखिन्छ ।
पुल बनेपछि भुर, पुन्मा, जगतीपुरका स्थानीयबासिन्दालाई सहज भएको भुरका डन्डबीर डाँगीले बताए ।
IMG_5383त्यसैगरी अनक–लुम्बिनी जे.भि निर्माण सेवाले छिन्चु जाजरकोट सडकको सुर्खेतको जुँगैखोलामा सडक पुल निर्माण गरेको छ ।
५ करोड २५ लाख लागतमा निर्माण भएको सो पुल ४० मिटर लामो तथा साढे ९ मिटर चौडाई रहेको छ ।

प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार ०९:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *