समयमै काम गर्न घडी उपहार

सुर्खेत १८ भदौ ।
स्थानीय स्तरका कामहरुलाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्नका लागि शनिवार घडी उपहार दिइएको छ ।
युवाहरूले खाजा खर्चबाट रकम जुटाएर उपहार स्वरुप घडी हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा ग्रामीण एकता युवा समूह तथा संजालका अध्यक्ष अमर कार्कीले बाबियाचौरमा भईरहेका बिकास निर्माणका काम समयमै गर्नुपर्ने सन्देश दिनको लागि घडी उपहार दिइएको वताउनु भयो ।
उहाँले युवाहरूको अब बिकास निर्माणका काम देखि नीति निर्माण तहमा सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
14202797_1756469211277838_854690687_oसमयलाई राम्रोसँग चिन्न सके मात्रै देश बिकास हुने भएकोले समुदायको बिकासमा युवालाई परिचालन गरिनुपर्ने गाबिस सामाजिक परिचालक टिकाराम खराल उल्लेख गर्नुभयो ।
ग्रामीण एकता युवा समूह, सचेतना केन्द्र र वडा नागरिक मञ्चका सहभागीहरुलाई योजना तर्जुमा प्रक्रियाका १४ चरणको बारेमा जानकारी दिइएको छ ।
सुन्दर नेपालको युवा शसक्तिकरण परियोजनाका युवा अधिकृत रबिन्द्र कुमार चन्दले तालिम लिएका सबैले ब्यबहारमा प्रयोग गरेर देखाउनु पर्ने बताउनु भयो
बाबियाचौर गाबिसले आयोजना भएको समन्वय सुन्दर नेपाल र सहयोग युएसएआइडीले गरेको तालिमको सहजिकरण चक्रप्रसाद गौतमले गर्नु भएको छ ।

प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १२:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *