जाजरकोटमा आगलागी एकको मृत्यु, ४ घाइते

बद्री पन्त
जाजरकोट १९, भदौ
जाजरकोटको सदरमुकाम स्थित एक होटलमा आग लागि हुदा एक एक जनाको मृत्यु भएको छ भने आगलागिमा परेर ४ जना घाइते भएका छन ।
भेरीमालिका नगरपालिका ४ शान्ति चौतारा बसपार्क रहेको संगिता होटलमा आगलागि हुदा नायकवाडा २ की १८ बर्षिय संगिता खत्री बोहराको मृत्यु भएको छ ।
होटलको एक कोठामा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागि भएको प्रहरीले जनाएको छ ।
IMG_3323आगलागिमा परी होटल संचालक खत्री, पेट्रोल ब्यपारी चौरजहारी नगरपालिका ७ रुकुमका प्रेमबहादुर राना, प्रहरी जवान रमेश शाह, स्थानीय गोकर्ण चन्द घाइते भएका जाजरकोटका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनु भएको छ ।
IMG_3335घाइते चारै जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ ।
घाइते मध्ये होटल संचालक खत्रीको अबस्था गम्भीर रहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिनु भयो
IMG_3305आगलागिमाबाट २ वटा मोटर साइकल जलेका छन । आगलागिबाट ३५ लाख बढीको क्षेती भएको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनु भएको छ ।

प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार १०:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *