जिल्लाका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गर्नुपर्छ

सुर्खेत, २२ भदौ ।
सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने नाराका साथ सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी निजामति सेवा दिवस मनाइएको छ ।
दिवसकै अवसरमा निजामति कर्मचारीहरुको वीरेन्द्रनगर बजारमा प्रभातभेरी निकालेका छन
14241423_10209557700957677_1962905152224582287_oकार्यक्रममा कर्मचारीहरुले जिल्ला स्तरमा काम गर्ने कर्मचारीमध्ये उत्कृष्ठ कर्मचारीलाई स्थानीय स्तरमै सम्मान गर्न सके उत्साहका साथ काम गर्ने वातावरण सिर्जना हुने बताएका छन ।
उनीहरुले राष्ट्रिय स्तरबाट सम्मान गर्ने गरेपनि मोफसलमा काम गर्ने कतिपय इमान्दार कर्मचारीहरुले सम्मान नपाएको भन्दै उनीहरुले काम गर्ने वातावरण निर्माणका लागि स्थानीय स्तरमै सम्मान गर्नेमा जोड दिएका छन ।
उनीहरुले निजामति कर्मचारीहरु जनताप्रति उत्तरदायी हुन सकेमात्र जनताले परिवर्तनको अनुभूति गर्ने उल्लेख गरेका छन ।
दिवसको अवसर रक्तदान, कार्यालय सरसफाई, अन्तिरक्रिया, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले बताउनु भयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रमा कर्मचारी दिवको अवसरमा गरिएका विभिन्न प्रतियोगीतामा बिजयी हुनेहरुलाई सम्मान प्रदान गरिएको छ ।
यस्तै सुर्खेतको बजार छिन्चु बजारमा पनि सरकारी कार्यालयका कर्मचारीहरुले सरसफाई गरी निजामति सेवा दिवस मनाएका छन् ।
छिन्चुमा भेरीगंगा सञ्चार केन्द्र, नेपाली सेना, नगरपालिकाका कर्मचारी, व्यवसायी लगायत सरोकारवाला निकायहरुको सहभागितामा सरसफाई गरिएको हो ।
IMG_0012यसैवीच सेवा मैत्री र जवाफदेही प्रशासन संघीयतामा सुशासन भन्ने मुल नाराका साथ जाजरकोटमा पनि १३ औं निजामति सेवा दिबस मनाइएको छ ।
सेवा दिवसको अवसरमा सदरमुकाम खलंगामा विभिन्न कार्यक्रम गरिएको थियो ।
खलंगामा बृक्षा रोपन, सरसफाइ, घैटोफोर, ब्याटमन्टन, तौल उचाल्ले लगाएतका कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनु भयो ।
जनताको कामलाई जनमैत्री बनाएर सेवा प्रवाह गरिने प्रजिअ गौतमको भनाइ छ ।

प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १२:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *