
सुर्खेत, २६ भदौ ।
सुर्खेतवाट नेपालगंज गईरहेको बस देउरालीमा दुर्घटना हुदा ११ जना घाईत भएका छन ।
सुर्खेतवाट नेपालगंजतिर गईरहेको ना ४ ख ४७५३ नम्वरको बस सडकवाट २० देखि २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको ट्राफिक प्रहरीले जनाकारी दिएको छ ।
घाइतेहरुलाई अहिले उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको पनि प्रहरीले बताएको छ ।