संविधान कार्यान्वय भए मात्र विभेद हट्छ

सुर्खेत, २ असोज ।
क्रियासिल पत्रकार महिलाहरुको संगठन डब्लुडब्लुजेले बीरेन्द्रनगरमा ‘संविधानमा महिला अधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रिया आयोजना गरेको छ ।
संविधान दिवसको अवसर पारेर गरिएको कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष मोहन माया ढकालले धेरै वर्ष पछिको मेहनेत र आन्दोलनले मात्र महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सफल भएको बताउनुभयो ।
14311288_1705282596464297_6917034514428056266_oउहाँले संविधानमा ब्यवस्था भएका कुरा कार्यान्वयन गर्न सके मात्र महिला र पुरुष बीचको विभेद हटेर समान समाज निर्माण हुन सक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेडियो नेपालमा कार्यरत डम्मर आचार्यले संविधानमा महिलाको अधिकार सुनिश्चित गरिएपनि कतिपय महिलालाई संविधानबारे जानकारी नहुनाले उनिहरुले आफ्नो अधिकार लिन नसकेको बताउनुभयो ।
उहाँले कतिपय महिलाले भने संविधानबारे जानकारी भएर पनि सामाजिक संस्कारकै कारणले आफ्नो अधिकार लिन नसकेको दावी गर्नुभयो ।
यस्तै डब्लुडब्लुजे सुर्खेत शाखाकी अध्यक्ष मुना हमालले संविधानमा भएका महिला अधिकारबारे जानकारी गराउन हरेक पत्रकारको भुमिका महत्वपुर्ण रहने बताउनुभयो ।
कार्यक्रममा सुर्खेतमा क्रियाशिल पत्रकार महिलाहरुको सहभागीता रहेको छ ।

प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १२:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *