दलहरुको बेमेलले गर्दा संविधान कार्यान्वयमा चुनौति

सुर्खेत, ३ असोज ।
उच्च अदालत सुर्खेतका मुख्यन्यायधिश तेजबहादुर केसीले जनताको अधिकारको लागि भन्दा पनि राजनीतिक दलहरुको आपसी बेमेलको कारण नयाँ संविधान कार्यान्वयनमा जटिलता देखिएको बताउनु भएको छ ।
बिश्वमा काँही कतैपनि सर्वसम्मत र सर्वस्वीकार्य रुपमा संविधान कार्यान्वयन नभएको भन्दै उहाँले हिलेको संविधानले जनतालाई आफनो अधिकार स्वतन्त्र र विवेकपूर्ण ढंगले उपभोग गर्न पाउने अधिकार दिएको बताउनु भयो ।
संविधान दिवसको अवसरमा पुनरावेदन बार र जिल्ला बार एकाइले गरेको कार्यक्रममा मुख्य न्यायधिश केसीले संविधान कार्यान्वयनको पहिलो चरणमै रहेकोले यसमा देखिएका जटिलताहरु विस्तारै समाधान हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
20160919_151018जिल्ला अदालत सुर्खेतका न्यायधिश कैलासप्रसाद सुवेदीले संविधानमा लेखेर मात्र अधिकार प्राप्त नहुने भएकोले आफनो अधिकार र कर्तव्यप्रति राज्य र नागरिक दुवै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
बरिष्ठ अधिकवक्त भूषणकुमार मानन्धरले संविधान प्रदत्त अधिकार राज्यले कार्यान्वयन गर्नुपर्ने भन्दै आउँदा दिनमा आफनो अधिकार प्राप्तीको लागि नागरिकले अदालत गुहानु पर्ने अवस्था आउँन नहुने बताउनु भयो ।
कार्यक्रममा संविधानका अन्तरबस्तु सम्वन्धी कार्यपत्र प्रस्तुत गदै अधिवक्त कृष्णबहादुर हमालले नेपालको संविधान अधिकारै अधिकारले भरिएको दावी गर्नुभयो ।
कार्यपत्रमाथी टिप्पणी गदै अर्का अधिवक्त धुव्रकुमार श्रेष्ठले राजनीतिक दलहरुको दोहोरो भुमिका र चरित्रको कारण संविधान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
सरकारी बकिल देवराज भारतीले संविधान कार्यान्वयन गर्नको लागि आवश्यक पर्ने कानुनहरु तत्काल बनाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले संविधानले सकारात्मक आधारभूत अधिकारहरुलाई बढी महत्व दिएकोले यो उत्कृट संविधान भएको बताउनु भयो ।
कार्यक्रममा अधिवक्ति रमा प्याकुरेल, खगेन्द्र शर्मा, राष्टिय जनमोर्चाका अध्यक्ष गोविन्दप्रसाद सुवेदी लगायतले संविधानले दिएका अधिकारहरु कार्यान्वयन गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम पुनरावेदन बार एकाइका अध्यक्ष बिवशकुमार बस्नेतको अध्यक्षतामा भएको हो ।

 

प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ११:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *